जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको पास लकडाउन अवधिभर नै मान्य हुने भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मंगलबार सूचना निकालेर विभिन्न मितिमा कार्यालयले सात दिन मान्य हुने सवारी पास जारी गरेको भए पनि सरकारले लकडाउनको समयावधि थपेकोले लकडाउन अवधिभर पास मान्य हुने उल्लेख गरेका हुन्।
‘पहेंलो रङको पास लकडाउन अवधिभर मान्य हुने व्यहोरा जानकारी गराइन्छ,’ उनले भनेका छन्।
हेर्नुस् सूचना: