प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका छन्।
समसामयिक विषयमा मुख्यमन्त्रीहरूसँग छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई बताए।
'कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गरिरहनु भएको छ', थापाले भने।
गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।