सरकारले सांसद विकास कोषका लागि आगामी वर्ष ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने उक्त रकमलाई निरन्तरता दिइने बताएका हुन्।
स्थानीय विकास पूर्वाधार कार्यक्रमको नाममा सांसदको नाममा जाने उक्त बजेट खारेज गर्नुपर्ने माग उठेको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत राजनीति दलहरूले कोरोना महामारी भएकाले अहिले सांसदलाई पैसा दिन नहुने बताएका थिए।
यसअघि अर्थमन्त्री खतिवडाले उक्त रकम के गर्ने भनेर सांसदहरूले नै सुझाव मागेका थिए।