फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले चिनियाँ समकक्षी सि जिङपिङसँग आफूले हङकङमा भइरहेका पछिल्ला घटनाक्रमलाई पछ्याइरहेको र फ्रान्सले 'एक देश दुई व्यवस्था'माथिको समर्थनलाई निरन्तरता दिने बताएका छन्।
'राष्ट्रपतिले हङकङको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउनुभयो र 'एक देश दुई व्यवस्था'को अडानमाथि फ्रान्सको समर्थन रहने बताउनुभएको छ', एक फ्रान्सेली अधिकारीले शनिबार भने।
चीनले हालै हङकङमा नयाँ सुरक्षा व्यवस्था लागु गर्ने निर्णय गरेको छ।
चीनको पछिल्लो कदमले हङकङका प्रजातन्त्र समर्थक, कुटनीतिज्ञ र केही व्यापारिक समुदायमा त्यसले त्यहाँको अर्ध स्वायतता र उसको विश्व व्यापारिक केन्द्रको मान्यतालाई असर गर्ने आशंका व्यक्त गर्दै आएका छन्।
नयाँ व्यवस्थाले वासिङटन र बेइजिङबीच पछिल्लो समय तनाव बढेको छ। युरोपियन युनियनले पनि गत साता यसमा गहिरो चासो व्यक्त गरेको थियो।
एक अधिकारीलाई उल्लेख गर्दै हङकङका बारेमा फ्रान्स र चीनका राष्ट्रपतिबीच शुक्रबार डेढ घण्टा वार्ता चलेको रोयटर्सले जनाएको छ।
सो फोनवार्तामा विश्व स्वास्थ्य संगठनलाई लिएर अमेरिकाको पछिल्लो निर्णय लगायतका विषयमा पनि दुई राष्ट्रपतिबीच छलफल भएको बताइन्छ।