बुटवलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र्याली निकालिएको छ।
शुक्रबार बुटवल मिलनचोकबाट निकालिएको र्याली ट्राफिक चोकसम्म पुगेको थियो।
र्यालीमा पूर्वएमाले कार्यकर्तासँगै माओवादी कार्यकर्ताको समेत सहभागिता रहेको थियो।
र्यालीमा सहभागीले अहिलेको जटिल अवस्थामा केपी शर्मा ओलीकै नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
वर्षौंदेखि नेपालबाट गुमेको र भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी राष्ट्रभक्ति पूर्ण काम गरिरहेको अवस्थामा भारतीयको प्रभाव र दबावमा परी पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिनु अत्यन्त लज्जित कार्य भएको उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न पार्टीका नेताहरूलाई आग्रह गरेका थिए ।
तस्बिरहरू: