कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।
२०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो।
साउन १ गते साउने संक्रान्तिसँगै प्रदेशमा मनाइने देउडा पर्व भएकाले बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।
मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ।