१७ दिनदेखि अनसन बसेका ई अस्पताल भर्ना भएका छन्।
सोमबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफका अभियन्ता पुकार बमले जानकारी दिए।
अनशनरत ईले आइतबारदेखि सलाइन पानी समेत लिन छाडेका थिए।
'आइतबारदेखि सलाइन नलिई बसिरहेका थिए, सुगरको मात्रा घट्दै गयो। किड्नी र पिसाबमा एसिटनको लेभल कम देखिएपछि डाक्टरहरूले अस्पताल लग्न भन्नुभयो,' अभियन्ता बमले भने।
उनी कोरोनाभाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै अनशनरत छन्। यसअघि पनि ई र बम अनशन बसेका थिए। साे बेला सरकारसँगकाे वार्तामा १२ बुँदे सम्झौता भएकाे थियाे।
सो सम्झौता ७ दिनमा पुरा गर्ने भनिए पनि नगरेपछि ई अनशन बसेका हुन्।