सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन्।
वीरगञ्जको नारायण अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना नेगेटिभ देखिएको हो।
गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनमा बसेका थिए।
जनता समाजवादी पार्टीका सांसद यादवले फेसबुकमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका थिए।
उनले फेसबुकमार्फत् नै १२ दिनपछि आफू कोरोनामुक्त भएको बताएका हुन्।
उनले घरभित्रै आत्मानुशासन कायम गरी डाक्टरको सल्लाह अनुसार बसेको बताएका छन्।
उनले सामाजिक दूरी कायम राख्न समेत सबैलाई अपील गरेका छन्।