सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक शनिबार बसेको छ।
ललितपुरको भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे छलफल हुने कार्यदलका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा छन्।
कार्यदललाई छिटोभन्दा छिटो नेकपाभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ।