जनता समाजवादी पार्टी(जसपा)ले सांसद रेशम चौधरीको रिहाइ माग गरेको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलगायत नेता-कार्यकर्तामाथि सरकारले लगाएको मुद्दा खरेजगरी रिहा गर्न माग गरेको हो।
२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरी टिकापुर घटनामा दोषी ठहर भएका हुन्।
२०७२ भदौमा थारुहटको आन्दोलन चर्किँदा हिंसात्मक बनपछि भिडको आक्मणमा परी नेपाल प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो।
सो घटनामा एक बालकको पनि ज्यान गएको थियो। जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा मधेस-थारू आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै पनि जारी रहेको भन्दै तत्काल बन्द गर्न माग गरेका छन्।