दिल्ली दंगाको मामिलामा जेएनयूका पूर्व छात्र नेता एवं 'युनाइटेड अगेन्स्ट हेट'का सह-संस्थापक उमर खालिदलाई गिरफ्तार गरिएको छ।
युनाइटेड अगेन्टस्ट हेटले ११ घण्टाको सोधपुछपछि दिल्ली पुलिसको विशेष सेलले खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगामा 'षडयन्त्रकारी'का रूपमा गिरफ्तार गरेको जनाएको छ।
युनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बिबिसीसँगको कुराकानीमा खालिद पक्राउ परेको पुष्टि गरेकी छन्।
खालिदलाई गैर-कानुनी गतिविधि रोकथाम अधिनियमका धारा अन्तरगत पक्राउ गरिएको हो।
खालिदका बाबुले आफ्ना छोरालाई प्रहरीले राति ११ बजे पक्राउ गरेको बताएका छन्। आफ्ना छोरालाई फसाइएको उनको दाबी छ।
युनाइटेड् अगेन्स्ट हेटले आफ्नो बयानमा दिल्ली पुलिसले जाँच गर्ने नाममा प्रदर्शनलाई अपराधीकरण गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ।
'डराउने यी सबै तरिकाका बाबजुत सिएए र यूएपिएको क्रुर कानुनको विरूद्ध हाम्रो लडाईं जारी रहनेछ', युनाइटेड् अगेन्स्ट हेटले भनेको छ।
संस्थाले खालिदको सुरक्षाको प्रहरीले सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
दिल्लीको उत्तर-पूर्वी इलाकामा सिसिएको विरूद्ध भएको प्रदर्शन दंगामा परिणत भएको थियो।
यसै वर्षको २३ फरवरीदेखि २६ फरवरीमा भएको दंगामा ५३ जनाको मृत्यु भएको थियो।
दंगामा ४० मुसलमान र १३ हिन्दूको मृत्यु भएको थियो।
दिल्ली पुलिसको क्राइम ब्रान्चले यस घटनाको पछाडी गहिरो षडयन्त्र भएको दाबी गर्दै आएको छ।