भारतको लोकसभाका १७ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबारबाट संसदको मनसुन सत्र सुरू भएको छ। सोही सत्र सुरू गर्न जाँच गराउँदा १७ जना लोकसभा सासंदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय समाचार च्यानल एनडिटिभीले जनाएको छ।
सांसदहरूले संसद भवनमा आइतबार र सोमबार स्वाब परीक्षण गराएका थिए। त्यसमध्ये १७ जनामा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये १२ जना सासंद भारतीय जनता पार्टीका छन्।
त्यस्तै, वाइएसआर कांग्रेसका दुई जना, शिवसेना, डिएमके र आरएलपीका एक-एक जना सासंद छन्। संक्रमितमध्ये एक सांसद सुकन्तला मजुम्दारले आइतबार ट्वीट गर्दै आफूमा संक्रमण भएको जानकारी गराएका थिए।
मनसुन सत्र सुरू हुनुअघि सासंद तथा कर्मचारीहरूले अनिवार्य कोरोना परीक्षण गराउन पर्ने नियम बनाइएको थियो। उनीहरूको रिपोर्ट नेगेटिभ आएमामात्रै परिसरमा प्रवेश गर्न दिइने बताइएको थियो।
उक्त रिपोर्ट ७२ घण्टा अघिको हुन नहुने नियम थियो।