उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पाकिस्तानका उद्यमी, व्यवसायीहरूलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।
आफ्नो कार्यकाल सकेर पाकिस्तान फर्किन लागेका राजदूत मजार जावेदसँग मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले उनले पाकिस्तानले चिकित्सा शास्त्र अध्ययन‚ सैनिक तालिम तथा प्रशिक्षणजस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।
साथै, आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए।
पाकिस्तानी राजदूत जावेदले नेपाल बसाइँको अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार¸ पर्यटन, उद्योग र कृषि लगायतका क्षेत्रमा सहयोग प्रवर्द्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताएका थिए।
दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले तालिम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमणमार्फत् दुई देशको सेना बीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताएको रक्षा मन्त्रालयले जनाएको छ।