नेपाली कांग्रेसले गुल्मीका जिल्ला सभापतिमाथि भएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
ज्ञापन पत्र बुझाउन जाने क्रममा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सभापति भुवन श्रेष्ठ लगायतमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै कांग्रेसले भत्सर्ना गरेको छ।
जिल्लाको एक स्थानीय मुद्दामा केन्द्रित रहेर प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रवेश गर्न नदिएपछि प्रहरीले धक्कामुक्का गरेको कांग्रेसले जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै उसले यस घटनाको यथार्थ छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ।
साथै यस्ता घटना दोहोर्याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई चेतावनी समेत दिएको छ।
आजै दिउँसो जिल्ला प्रशासन कार्यालयमा जिल्लासभापतिसहित कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो।