मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे ९ बजेपछि बस्ने बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे छलफल हुने बताइएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।
प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँच वर्षे कार्यअवधि पुस १ गते सकिदैंछ।
सोमबार प्राधिकरण निर्देशक समितिको बैठक बसेकाले सोमबारको नियमित बैठक मंगलबार बस्न लागेको हो।