सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते गर्ने निर्णय गरेको छ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजिक गर्दै सरकार प्रवक्ता प्रदीप ज्ञवालीले आगामी मंसिर २७ गते निर्वाचन गर्ने गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत् श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका हुन्।
यसअघि गत सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।
कोभिड-१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री राउतले माग गरेका थिए।
यसैगरी सरकारले यो वर्ष पहिरोले क्षति भएका बागलुङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र धोषणा गर्ने निर्णय गरेको छ।
विश्व बैंकमार्फत् प्राप्त करिब ६ अर्ब रुपैयाँ लगानी गरेर त्यस क्षेत्रमा पुनर्निर्माणको काम गर्ने उनले जानकारी दिए।