सरकारले शशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बीमा गर्ने निर्णय गरेको छ।
काममा खटेका दिनका लागि प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको हो।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गत असोज ८ गते उक्त निर्णय भएको जानकारी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन्।
‘गोताखोरलाई दश लाखको बीमा गर्ने र प्रोत्साहन भत्तावापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय भएको छ,’ मन्त्री ज्ञवालीले भने।