भारतका केन्द्रीय खाद्यमन्त्री रामविलास पासवानको बिहीबार राती निधन भएको छ। उनी ७४ वर्षका थिए।
रोयटर्सका अनुसार उनका छोरा तथा सांसद चिराग पासवानले मन्त्री रामविलासको मृत्युबारे ट्विट मार्फत् जानकारी दिएका हुन्।
उनले आफ्ना बुवाको तस्वीर राख्दै लेखेका छन्- 'बुवा, तपाई अब यो दुनियाँमा हुनुहुन्न। तर मलाई थाहा छ, तपाईं जहाँ भए पन सधैं मेरो साथ हुनुहुन्छ। मिस यू बुवा!
रामविलास पासवान मोदी सरकारका खाद्यमन्त्री थिए। लामो समयदेखि स्वास्थ्यमा समस्या आएर उनी दिल्लीको एक अस्पतालमा भर्ना भएका रोयटर्सले लेखको छ।
उनको मृत्युको खबर आउने बित्तिकै धेरैले उनलाई श्रद्धाञ्जली दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ट्वीट गर्दै शोक व्यक्ति गरेका छन्- 'म एकदमै दुखी छु, हाम्रो देशले अपुरणीय क्षति बेहोरेको छ। श्री रामविलास पासवानजीको निधन एक व्यक्तिगत नोक्सान हो। मैले एक साथी र सहकर्मी गुमाएँ।'