जनता समाजवादी पार्टीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले दसैं भत्ता नलिने बताएका छन्।
जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णयअनुसार दसैं भत्ता नै खारेज गर्न माग गरेको छ।
‘दसैं भत्ता खारेज गर्न र कोरोना संक्रमितलाई राहत दिन बैठकले माग गरेको हो,’ पार्टीका नेता विश्वदीप पाण्डेले भने, ‘दसैं भत्ता खारेज नगरे जसपाका सबै सांसदले दसैं भत्ता नलिने निर्णय भएको छ।’
उनका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक आजसम्म चल्नेछ।
सोमबार पार्टीको विधान संशोधनसहित पारित भएको छ।