नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का जननिर्वाचित प्रतिनिधि प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई मास्क वितरण गरेका छन्।
सोमबारदेखि मास्क वितरण सुरू गरेका सिंहले सामाजिक दूरी कायम गरी टोल टोलमा पुगेर मास्क वितरण गरिरहेका छन्।
स्थानीयस्तरमा रहेका कांग्रेस कार्यकर्ता, उपभोक्ता समिति, क्लवहरू र टोल सुधार समितिमार्फत् मास्क वितरण गरेको सिंहका सहयोगी युपी लामिछानले जानकारी दिए।
यसअघि सिंहले लकडाउनका बेला गरिबका लागि खाद्यान्नलगायत सहयोग पनि उपलब्ध गराएका थिए।