उत्तर कोरियाका शासक किम जोङ उनका भतिजा सम्पर्कविहीन भएका छन्।
२५ वर्षीय किम हान सोललाई जोगाउन केही समयअघि संयुक्त राज्य अमेरिकाको सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी(सिआइए)ले भतिजालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनी कहाँ, कस्तो अवस्थामा छन् भन्ने नखुलेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
सोल किमका सौतेनी दाइ किम जोङ नामका छोरा हुन्। नामको सन् २०१७ मा मलेसियाको विमानस्थलमा रहस्यमय तरिकाले हत्या गरिएको थियो। त्यसपछि उनको परिवार भाग्दै हिँडेको छ।
बुवाको हत्या भएका बेला सोल मकाउमा थिए। केही अभियन्ताहरूले उनलाई त्यहाँबाट भाग्न सहयोग गरेका थिए।
अमेरिकी म्यागजिन न्यु योर्करमा 'द अन्डरग्राउन्ड मुभमेन्ट ट्राइइङ टु टपल द नर्थ कोरियन गभर्मेन्ट' शीर्षकको लेखमा सोलबारे उल्लेख गरिएपछि यो कुरा बाहिर आएको हो।