नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।
पेटसम्बन्धी समस्याका कारण उनी काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।
स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन्।
पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन्।