कोरोना संक्रमणपछि ग्रान्डी अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा डिस्चार्ज भएका छन्।
विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार उनी आइतबार साँझ डिस्चार्ज भएका हुन्।
उनमा गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमणपछि उनलाई कात्तिक १२ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनमा कोरोना नेगेटिभ आएको थियो।
नेगेटिभ आए पनि लामो समय उनी अस्पताल रहेका थिए।
उनलाई अझै पनि बेलाबेलामा अक्सिजनको सहायता चाहिने गरेको सहयोगी उप्रेतीले जानकारी दिए।