विवेकशील नेपाली दलका १३ जना नेता साझा पार्टीसँग एकीकरणमा सहभागी नहुने भएका छन्।
उपाध्यक्ष अजिता राईसहित १३ जना पार्टी एकताप्रति असन्तुष्ट छन्।
उनीहरूले विवेकशील साझा पार्टीका रूपमा यात्रामा सहभागी हुनेलाई शुभकामना पनि दिएका छन्।
पार्टीका संघीय समितिका ३५ जनामध्ये दुई पदाधिकारीसहित १३ जना साझासँग एकताका पक्षमा छैनन्।
‘अहिले एकीकरणको लागि सही समय हैन र विवेकशील र साझाबीच भएका राजनीतिक मतभिन्नताका विषयहरूलाई नटुङ्याइकन एकीकरण गर्न उचित हुन्न भन्ने बारेमा हामीले नेतृत्व तथा आम सदस्यहरूसँग विभिन्न समयमा छलफल पनि गरेका थियौं तर त्यसको सकारात्मक नतिजा आएन,’ उनीहरूले भनेका छन्।
उपाध्यक्ष अजीता राई, कार्यालय व्यवस्थापनतर्फ सचिव संगीता बाटाजु, संघीय समिति सदस्य कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की, आलोक सुवेदी साझासँग एकतामा नजाने भएका हुन्।