नेकपा नेता तथा मन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीका नेताहरूको तरंगित र जंगली महत्वाकांक्षाका कारण अहिलेको दुर्भाग्य निम्तिएको बताएका छन्।
उनले जंगली महत्वाकांक्षा पूर्ति गर्नका लागि जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिका कारण यो अवस्था उत्पन्न भएको बताए।
प्रधानमन्त्री केपी ओलीनिकटहरूको राजधानीमा जारी भेलामा बोल्दै पोखरेलले प्रचण्ड-माधव नेपालतर्फ संकेत गर्दै भने, ‘मलाई यो आरोप लगाउँदा दु:ख लागेको छ, जंगली महत्वकांक्षा पूर्ति गर्नको जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिका कारण यो अवस्था सिर्जना भयो।’