नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन्।
‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ आज काठमाडौंमा आफ्ना पक्षका नेता/कार्यकर्तासँग प्रचण्डले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल द्वितीय अध्यक्ष भएको भन्दै आलोचना गरेका थिए।
त्यसतर्फ संकेत गर्दै प्रचण्डले माधव नेपाल एक नम्बर अध्यक्ष भएको बताएका छन्।