नेपाल कम्युनिष्ट पार्टी नेकपा दुवै समूहका स्थायी कमिटी बैठक आज बस्दैछ।
प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ।
ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्ने र प्रचण्ड नेपाल समूहको बैठक ३ बजेपछि बस्ने भएको छ।
दुवै समूहले आफ्ना आगामी रणनीतिबारे छलफल गर्दैछन्।