नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले साइबर अपराधलगायत विषयमा प्रशिक्षण दिएको छ।
प्रचार विभाग अन्तर्गतको कांग्रेस युवा प्रचार नेटवर्कले आफ्ना सदस्यहरूका लागि आइतबार उक्त प्रशिक्षण दिएको हो।
पार्टी प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मालगायतको सक्रियतामा साइबर सुरक्षा विज्ञ रामहरि सुवेदीले युवाहरूलाई प्रशिक्षण दिएका हुन्।
कांग्रेसलाई थप प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत नै प्रशिक्षण चलाइएको ईञ्जिनियर दिपेश विष्टले जानकारी दिए।