नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका छन्।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पार्टीभित्रका आन्तरिक विषयमाथि आज साँझ कुराकानी भएको छ।
कांग्रेसमा क्रियाशील सदस्यता, केही जिल्लामा समायोजन लगायत केही विषयमा विवाद छ। सभापति देउवा र पौडेलबीच यी विषय समाधान गर्नेबारे ‘वान टु वान’ छलफल भएको छ।
केही दिनअघि नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवासँग भेटवार्ता गरेका थिए।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। अब माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने कांग्रेसले जनाएको छ।