जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा लागेको लगाएका छन्।
सप्तरीको राजविराजमा बुधबार आयोजित विरोधसभामा बोल्दै अध्यक्ष यादवले संविधान बनाउनेहरू नै संविधानको उल्लंघन गर्ने काममा लागेको आरोप लगाए।
विश्वकै सर्वोत्कृष्ट संविधान भन्ने केपी शर्मा ओलीले तीन वर्षमै त्यही संविधानको उल्लंघन गरेको टिप्पणी गरे।
‘नेकपाका केपी ओलीसहित कांग्रेसका नेताहरूले अन्तरिम संविधानमा दिइएको आधारलाई उल्लंघन गरी नेपालको संविधान २०७२ जारी गरेका थिए।
उनले भने, ‘त्यतिबेला मधेशी जनता विरोध गरे पनि संविधानलाई उत्कृष्ट भनियो, आज त्यो संविधान तीन वर्ष पनि चलेन। उत्कृष्ट भन्नेबाटै उल्लंघन भयो।’
यादवले नेपालको संवैधानिक व्यवस्था लुडोको खेलजस्तै भएको दाबी गरे।
‘संविधान लुडो खेलेजस्तै भएको छ,’ अध्यक्ष यादवले भने, ‘विभिन्न संघर्षपछि अधिकार प्राप्त भए पनिे त्यसलाई पनि खाएर पुनः देशलाई हरेक दृष्टिकोणले पछाडि नै पारिएको छ।’
विरोध प्रदर्शनमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनताको हत्या गराउने केपी ओली आज संविधानको नै हत्या गरेको अरोप लगाए।
केपी ओली प्रतिगमनकारी नभएर महाप्रतिगमनकारी रहेको उनले आरोप लगाए।