बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्को संविधान रहेको भन्दै व्यंग्य गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सोमबार बहस सुरू गर्दै थापाले अहिलेको संविधानअनुसार त संसद विघटन गर्न नपाइने बताएका हुन्।
थापाले बहस सुरू गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खाजाअघि बहस सकाउनु हुन्छ भनेर सोधेका थिए।
उनले त्यतिमा त नसकिएला भन्दै बहस सुरू गरे।
'संविधानको लिबर्टी भत्कियो भने के हुन्छ? अहिले हामी त्यही अवस्थामा छौं,' उनले भने,'व्याख्या अदालतको हो विश्वासचाहिँ आत्माको।'
बहस सुरू गर्दै उनले भने- म सकभर गफ गर्दिनँ श्रीमान्। कुरा उनै हुन्, संविधान उही हो। प्रधानमन्त्रीसँग पो अर्को संविधान छ!
उनले संसद विघटन के हो, संविधानले कस्तो कस्तो अवस्थामा विघटन गर्न मिल्ने भनेको छ र प्रधानमन्त्रीको लिखित जवाफले कस्तो प्रश्न उठाएको छ भन्नेबारे बहस गर्ने बताए।
बरिष्ठ अधिवक्ता थापाको बहस नसकिँदै खाजा समय सुरू भएको छ।