प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता
गोपालकृष्ण घिमिरेले प्रधानमन्त्रीले लिखित जवाफमा गरेको परम्पराका कुराले आफूलाइ अन्जु पन्तको गीत याद आएको बताए।
'एउटा गीत छ श्रीमान् अन्जु पन्तको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्ने जो निकै व्यापक भएको थियो, उहाँको लिखित जवाफ देखेर मलाई त्यही याद आयो,' उनले भने।
प्रधानमन्त्रीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गर्दा परम्परालाई आधार मानेको बताएका छन्। घिमिरेले त्यस्तो गर्न नमिल्ने बताए।
यति ठूलो निर्णय गर्दा कसैलाई नसोधेकोमा पनि बरिष्ठ अधिवक्ता घिमिरेले प्रधानमन्त्रीको आलोचना गरे।
'विघटन गर्दा उहाँले कसैसँग सल्लाह गर्नुभएन, सभामुखसँग पनि छलफल गर्नु भएन,' उनले भने, 'अनि परम्परा देखाएर विघटन गर्नु भो। कही नभएको कुरा हाम्रा संविधानसभाको चुनाव नै दुई पटक भएको थियो। दुबै सभामा व्यापक छलफल गरेर ल्याएको यो संविधान हो जसले प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको छैन।'