नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई खुट्टा नकमाउन भनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड-नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गरिरहेका छन्।
तर आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता दिएको छैन। प्रधानमन्त्री ओली मंगलबार आयोग पुगेर आफू नेतृत्वको पार्टी नै नेकपा भएको बताएका थिए।
*उक्त अभिव्यक्तिप्रति आज प्रचण्डले काठमाडौंमा आयोजित विरोध सभाबाट भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ, काइतेे कुराको पछि नलाग भन्या न हो हामीले।´
संवैधानिक निकायमा बसेकाहरूले गल्ती गरेमा जनताले दु:ख पाउने प्रचण्डको भनाइ थियो।
उनले आफूले अदालतको अपमान नगरेको पनि दाबी गरेका छन्।
‘अदालतप्रति भरोसा छ अपमान गरेको छैन,’ उनले भने।
*(यसअघि अन्यथा पर्न गएकोमा क्षमा चाहन्छौंं- सम्पादक।)