निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।
उनलाई संविधानको धारा २८२ बमोजिम उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।
विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा पिएचडी गरेका छन्।
५० वर्षीय विश्वकर्मा पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका ज्वाइँ पर्छन्।
२०४२-०४३ सालतिर विद्यार्थी राजनीति सुरू गरेका उनी २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव बनेका थिए। उनी दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुन्।