नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोलेका निधिले भने, ‘प्रधानमन्त्रीमा नैतिकता छ भने पदमा बसिरहन मिल्दैन। तत्काल राजीनामा गर्नुपर्छ।’
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएकोले प्रधानमन्त्री ओली नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्न नमिल्ने निधिको भनाइ छ।
उनले नेकपाभित्र दुइटा समूह देखिएको बताउँदै कुन आधिकारिक हो भन्ने प्रष्ट हुनुपर्ने बताए। उनले प्रतिनिधि सभामा कांग्रेसको संख्या कम भएको पनि उल्लेख गरे। कांग्रेसका ६३ सांसद छन्।
उनले कांग्रेस नआत्तिईकन जिम्मेवारीसाथ भूमिका निर्वाह गर्ने निधिको भनाइ छ।