प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो।
आइतबार अपरान्ह ५:३० बजे संसदीय दलको बैठक बस्ने एक नेताले जानकारी दिए।
आज सर्वोच्चले नेकपा ऋषि कट्टेलको नाममा भएको फैसला गरेको थियो।
प्रधानमन्त्री ओली संसद भवन गए पनि उनी केही समय बसेर फर्केका थिए। समयमै संसद बैठक सुरू नभएकोले प्रधानमन्त्री बालुवाटार फर्केको नेकपा सांसद सुवासचन्द्र नेम्वाङले बताएका थिए।