नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो।
उक्त पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी दिएका छन्। साथै उनीहरूले आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए।
प्रचण्डले सर्वोच्चको फैसला अपेक्षाअनुसार नभएको प्रतिक्रियासमेत दिएका छन्।