नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल आज पनि छलफलमा जुट्न लागेका छन्।
काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच ‘वान टु वान’ कुराकानी आज पनि हुने भएको हो।
छलफलमा भाग लिन ओली र नेपाल केहीबेरअगाडि होटल पुगिसकेका छन्।
उनीहरू बुधबार पनि यही होटलमा दुई घण्टासम्म कुराकानी गरेर फेरि भेट्ने भन्दै उठेका थिए। एमालेमा नेपालले समानान्तर गतिविधि अगाडि बढाइरहेका छन्।
आजको भेटलाई हिजोकै निरन्तरताका रूपमा नेताहरूले अर्थ्याएका छन्। नेता नेपालले फागुन २८ को निर्णय सच्याउन ओलीलाई आग्रह गरेका छन्।
तर ओलीले गुटका कुरा नसुन्ने बताइरहेका छन्।
सबै तस्बिर: सन्जिब बगाले/सेतोपाटी