प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।
दुई नेताबीच बिहीबार दिउँसो नागपोखरीस्थित होटलमा एक्लाएक्लै वार्ता भएको थियो।
फुटको संघारमा पुगेको एमालेलाई एक राखिराख्न ओली र नेपालबीच वार्ता भइरहेको छ। आजको वार्तामा के-के कुराकानी भयो भन्ने विस्तृत विवरण बाहिर आइसकेको छैन। आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्याएका थिए।
यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।