प्रतिनिधि सभाको वैशाख २७ गते बस्ने बैठकअघि सांसदहरुको पिसिआर परीक्षण हुने भएको छ। संघीय संसद सचिवालयले वैशाख २२ र २३ गते वानेश्वरस्थित संसद भवन परिसरमै सांसदहरूको स्वाब संकलन गर्न लागेको हो।
२२ गते प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सबै सांसद र संसद कर्मचारीको स्वाब संकलन गरिने सचिवालयले जनाएको छ।
त्यस्तै २३ गते मर्यादापालक र सांसदका स्वकीय सचिवसहित बैठकमा जाने पत्रकारको स्वाब कलेक्सन गर्न लागिएको हो।
सांसदले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका छन्। तर उनीहरुले दोस्रो डोज खोप कहिले लगाउँछन् यकिन भएको छैन।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधि सभाको अधिवेशन डाकेका छन्।