नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार दिउँसो बैठक बसेको हो।
अहिले पदाधिकारी बैठक जारी रहेको देउवाका सहयोगी भानु देउवाले सेतोपाटीलाई बताए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र १४ औं महाधिवेशनलगायत विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद बैठक आह्वान भइसकेको छ।
त्यसबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति देउवाबीच टेलिफोनमा कुराकानी भएको छ।
सोमबार बेलुकी देउवा र प्रचण्डबीच कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।