प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो।
संसद बैठक वैशाख २७ गतेका लागि बोलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि संसद अधिवेशन बोलाइएको छ।
कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ। साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ।
यसबारे छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ।
संसदमा कांग्रेसका ६१ सांसद छन्।