नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ।
आइतबार दिउँसो १, २ बजेतिर ओली-नेपाल भेटवार्ता हुन लागेको प्रधानमन्त्रीनिकट एक नेताले सेतोपाटीलाई बताए।
‘उहाँहरू दिउँसो कुराकानी गर्नुहुन्छ होला। अहिले नै समय तय भइसकेको छैन, १, २ बजेतिर भेट होला’ उनले भने।
उनकाअनुसार एमालेभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेबारे आज छलफलपछि निर्णय हुन सक्छ।
शुक्रबार ओली-नेपालले आफ्ना समूहका दोस्रो तहका नेतालाईसमेत राखेर सिंहदरबारमा कुराकानी गरेका थिए। बैठकले कार्यदल बनाउने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।
नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनुपर्ने अडान राखेका छन् भने गत फागुन २८ का निर्णय फिर्ता हुनुपर्ने बताइरहेका छन्।