प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेट हुँदैछ।
ओली र नेपालबीच आज दिउँसो १ बजे सिंहदरबारमा भेट हुन लागेको प्रधानमन्त्री निकट एक नेताले सेतोपाटीलाई बताए।
यसअघि शुक्रबार दुई नेताले आफ्ना समूहका दोस्रो तहका नेताहरूलाई समेत सहभागी गराएर वार्ता गरेका थिए।
बैठकले कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिएको थियो।