गण्डकी प्रदेशको मुख्य मन्त्रीमा विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेले नियुक्त भएका छन्।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभामा विश्वासको मत नपाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन्। उक्त समयभित्र एक जनाको मात्र उम्मेद्वारी परेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि आजै दिउँसो मुख्यमन्त्रीमा गुरुङको पनि दाबी रहेको प्रेस सल्लाहकार विक्रम न्यौपानेले सञ्चारमाध्यमलाई सूचना दिएका थिए।
यद्यपी प्रदेश प्रमुखको कार्यालयले शनिबार दिउँसो ३ बजेसम्म एक जनाको मात्र उम्मेद्वारी दर्ता भएको भन्दै पोखरेललाई नेपालको संविधानको धारा धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएको छ।
मुख्य मन्त्रीमा गुरूङको पनि उम्मेद्वारी परेपछि विपक्षी गठबन्धनमा रहेका सबै ३१ जनै सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेर धर्ना दिएका थिए।
केन्द्रदेखि प्रदेशसम्म विरोध हुन थाल्यो। अन्ततः प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नेपालीको एकल दाबी रहेको भन्दै नियुक्ति गरिएको सूचना सार्वजनिक गर्यो ।
‘२०७८ जेठ २९ गते दिउँसो ३ बजेसम्ममा माननीय कृष्णचन्द्र नेपाली पोखरेलेको एकमात्र मुख्यमन्त्रीको दाबी निवेदन दर्ता हुन आएकोले प्रदेश प्रमुख माननीय सीताकुमारी पौडेलज्यूले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माननीय कृष्णचन्द्र नेपाली पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो पनि
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त