नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा सोमबार साँझ नेपाल निवास गएका हुन्।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ।
‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो।
यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जान्थे। तर आज देउवा नै नेपाल निवास गएका छन्।