आज जेठ ३१, २०७८ । हामीले प्रकाशन गरेका आजका केही महत्वपूर्ण र प्रमुख समाचारहरू प्रस्तुत गरेका छौं। राजनीति, अर्थ, कला, खेलकुदलगायतका विषयमा हामीले छापेका केही प्रमुख खबरहरू।
देउवा, प्रचण्ड र नेपालद्वारा अदालतको निष्पक्षता प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण
प्रतिपक्षी गठबन्धनका शीर्ष नेताबीच सोमबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा छलफल भएको छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का बीच भएको भेटमा विभिन्न ६ विषयमा छलफल भएको छ। विस्तृतमा
एमाले सुदूरपश्चिम प्रदेशले गर्यो प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सात प्रदेश सांसदलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो । विस्तृतमा
निर्वाचन आयोगले 'कोर्स करेक्सन' गर्न जरूरी छ: पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल
निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा कुनै पनि पक्षलाई आधिकारिकता दिन इन्कार गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुबैले एक अर्कोलाई कारबाही गरेका थिए। यादवले ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेका थिए। यादवले कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा जानकारी गराएका थिए। ठाकुरले भने उक्त कारबाही रोक्न आयोगमा पत्रमात्रै पठाएका थिए। यसरी जसपामा कसको निर्णयले आधिकारिकता पाउने भन्ने विवाद चर्किएको छ।
यो विवादबारे आयोगले गरेको निर्णयबारे सेतोपाटीका सन्जिब बगालेले आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश विस्तृतमा
झलनाथ खनाल बिरामी, नर्भिक अस्पताल भर्ना
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्वस्थ भइ अक्सिजनको सपोर्टमा राखेर उपचार गर्न थालिएको छ। खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आज बिहान खनाललाई अस्पताल लगिएको थियो। विस्तृतमा
कांग्रेसमा ८ लाख पुगे क्रियाशील सदस्य, अझै थपिँदै
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख नाघेको छ। कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने बताएको छ। सप्तरी, बारा, धनुषा, सिन्धुपाल्चोक, बर्दिया, रूकुम पश्चिम, डडेलधुरा, प्युठान र काभ्रेमा केही काम मात्रै बाँकी रहेकोले यी जिल्लाका पूर्ण विवरण आइसकेको छैन। विस्तृतमा
उपेन्द्र यादवले सोधे मन्त्री बनेका ९ जनालाई स्पष्टीकरण
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्। जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ। विस्तृतमा
चीनको बिआरआईलाई टक्कर दिन अमेरिकाले अघि सार्यो बिथ्रिडब्लू
पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा एउटा शब्द निकै प्रयोगमा आउन थालेको छ-बिआरआई। चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा सार्वजनिक गरेको बेल्ट एन्ड रोड इनिसियटिभको छोटो रूप बिआरआई हो।
चीनले संसारका ७० भन्दा बढी मुलुकमा पूर्वाधार र अन्य भौतिक संरचना बनाउनका लागि यो परियोजना ल्याएको हो। जसअन्तर्गत दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्व, अफ्रिका र युरोपका दर्जनौं मुलुकमा चीनले ठूलो मात्रामा लगानी गरेको छ। विस्तृतमा
कोरोना भाइरस चमेराबाट सर्यो कि प्रयोगशालाबाट फैलियो?
कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हो भन्नेबारे धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ?
गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ। विस्तृतमा
भात खान दिनहुँ दुई घन्टा हिँडेर थापाथली आउँछन् मीठू र उनका छोराछोरी
शनिबार दिउँसो साढे दुई बजे। थापाथली चौरमा भोकाहरूको भिड बढ्दै थियो। भोकले रन्थनिएकाहरू मनकारीले बाँड्ने दाल–भातको प्रतीक्षामा थिए।
चौर नजिकै मन्दिर छेउमा सानो समूह थियो। त्यो समूह खाना खानकै लागि भोलढोका, बालकुमारीबाट थापाथली पुगेको रहेछ। पदैल हिँडेर आएका उनीहरू मन्दिर छेउ बसेर थकाइ मारिरहेका थिए। त्यहीँ एक महिला काखमा सानी बच्ची च्यापेर बसेकी थिइन्। दुई वर्षीया छोरी बोकेर उनी दुई घन्टा हिँड्दै थापाथली पुग्ने रहिछन्। विस्तृतमा
कपिलवस्तुका माओवादी नेतालाई गोली हानी हत्या गर्न उनकै श्रीमतीले दिएकी थिइन् ‘सुपारी’
माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ। कपिलवस्तु नगरपालिका-१ का ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली हानिएको थियो। उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ। श्रीमानलाई मार्न महिमा पाण्डेले यसपटक र पहिले पनि विभिन्न मानिस प्रयोग गरिरहेको पत्ता लागेको छ। विस्तृतमा
सोमबार निको भए ५१४७, थपिए २९१८ संक्रमित
सोमबार थप २ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। विस्तृतमा
पढाउन डोल्पा पुगेपछि बदलिएको मोइन उद्दिनको जीवन
टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको।
त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, 'अब जे गर्ने, शिक्षामै गर्ने हो।' विस्तृतमा
काठमाडौं उपत्यकामा २ देखि १२ दिनको अन्तरमा मात्रै घरमा खानेपानी आउने (हेर्नुस् तालिका)
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर-घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ। कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी आउनेछ।
असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि पानी अभावले गर्दा ठाउँ हेरेर २ देखि १२ दिनको अन्तरमा एकपटक पानी आउने गरी तालिका प्रकाशित गरिएको छ। विस्तृतमा
बौद्धमा बोराभित्र भेटिएका खुट्टा २० वर्षमाथिकी महिलाका हुन सक्ने, डिएनए परीक्षण हुँदै
गत साता काठमाडौंको बौद्धमा बोराभित्र भेटिएको खुट्टाको पोष्टमार्टम सकेर काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई रिपोर्ट बुझाएको छ।
शरीरको खुट्टामात्रै भेटिएको हुँदा रिपोर्टमा अहिले 'अनडिटरमाइन्ड' भनिएको छ। यद्यपी यसबाट केही कुरा भने खुलेका छन्। विस्तृतमा
१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १२ खर्ब ५४ अर्बको सामान भित्रिँदा १ खर्ब ८ अर्बको निर्यात
चालु आर्थिक वर्षको पहिलो १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपाल भित्रिएको रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय स्थितिअनुसार चालु आवको १० महिनामा ८ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। विस्तृतमा
आजसम्म कोषमा सूचीकृत भई योगदान गरेकाले २ महिनाको बेहोर्न नपर्ने
आजसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत भई कम्तीमा वैशाख महिनाको योगदान गरेकाले जेठ र असार महिनाको योगदान गर्नु नपर्ने भएको छ। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार वैशाखसम्म वा वैशाखदेखि योगदान थालेका सूचीकृत रोजगारदाता र कर्मचारीको दुई महिनाको योगदान सरकारले नै बेहोर्नेछ। विस्तृतमा
‘उच्चस्तरीय समन्वय नहुँदा १० हजारको कोरिया रोजगारी अन्योल’
नेपालीहरुको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरिया रोजगारी विगत १५ महिनादेखि रोकिएको छ। कोरियाले नेपाललाई कोभिडको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेर नेपालबाट श्रमिक आपूर्ति ठप्प पारेको हो।
जसकारण लामो समयदेखि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका तथा बिदामा फर्किएका (कमिटेडहरु) कोरिया रोजगारीमा जान पाउने टुंगो लाग्न सकेको छैन। विस्तृतमा
अब बैंकका धेरै शाखा खुल्ने, राष्ट्र बैंकले हटायो सीमा
अब बैंक तथा वित्तीय संस्थाका धेरै शाखा संचालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि राष्ट्र बैंकले पुरानो व्यवस्था फुकुवा गरेको हो। यसअघि जेठ १९ गते राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो। विस्तृतमा
यस्तै आज सोमबार सेयर बजारको परिसूचक नेप्सेले ३ हजार अंक पार गरेको छ। यस दिन ४२.७ अंकले बढेर परिसूचक ३ हजार २५ अंकमा कायम भएको छ। विस्तृतमा
प्रशिक्षक अलमुताइरीले नेपालको स्तर एक स्थानमाथि पुर्याउन खोजिरहेका छन् : कप्तान किरण (भिडियो)
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम तीन खेल्न कुवेत पुगेको नेपाली टिम स्वदेश फर्किएको छ।
नेपाली टिमले कुवेतमा विश्वकप छनोट खेल्नुअघि एसियाको पूर्व विजेता इराकसँग मैत्रीपूर्ण खेल खेलको थियो। इराकसँगको मैत्रीपूर्ण खेलमा ५-२ गोलले पराजित भएको नेपालले छनोटमा तीन मध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो। विस्तृतमा