सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले आगामी वर्षको बजेट मंगलबार अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गर्दैछन्।
अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको उक्त बजेट २३ अर्ब रुपैयाँ हाराहारी छ।
चालु आर्थिक वर्ष २०७७–०७८ मा ३३ अर्ब ३८ करोडको बजेट ल्याएको थियो।
प्रदेश सरकारले चालु वर्ष जस्तै आगामी वर्षको बजेटमा पनि पुरानै योजनाहरूलाई निरन्तरता दिने भन्दै प्राथमिकतामा राखेको छ।