नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका छन्।
केहीबेर अगाडिदेखि भर्चुअल रूपमा स्थायी कमिटी बैठक जारी रहेको एक नेताले बताए।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा जुटेका हुन्।
एमालेमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच बिबाद छ। नेता नेपालले समानान्तर कमिटी बनाएर गतिविधि गरिरहेका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताको आह्वान गरेका थिए।
उक्त आह्वानमा नेता नेपाललगायत उनी पक्षका सांसदले भावी प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गरेको हस्ताक्षर फिर्ता लिनुपर्नेजस्ता कुरा उल्लेख थिए।