नेपाली कांग्रेसबाट पाँच वर्षका लागि अनुशासनको कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले क्रियाशील सदस्यता वितरणले इमान्दार कार्यकर्ता मर्कामा परेको बताएका छन्।
आफूलगायत पूर्वसांसद उर्मिला थापा, महासमिति सदस्य बालकुमारी लोहनी, गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, रामबहादुर घिमिरे, केशरबहादुर गुरूङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, सोलबहादुर मगर, गणेशबहादुर खत्री, रामबहादुर ढुंगाना, विमलराज जोशी, रूद्रनाथ पौडेल, विष्णुप्रसाद पोखरेल, जितु गुरूङ, नवराज श्रेष्ठलगायतले क्रियाशील सदस्यता नै नपाएको जोशीले बताएका छन्।
तनहुँका दुई हजार दुई सय कार्यकर्ताले पहिले सामूहिक राजीनामा दिए पनि नेतृत्वले यसबारे ध्यान नदिएको उनले बताए।
व्यापारीहरू तथा अरू पार्टीबाट कांग्रेसमा आएकाहरूलाई क्रियाशील दिए पनि पहिलेदेखि नै कांग्रेसमा रहेकालाई क्रियाशीलबाट बञ्चित गरिएको उनको भनाइ छ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत चुनावमा हराउन भूमिका खेलेको आरोपपछि जोशीलाई अनुशासन समितिले कारबाही गरेको थियो।
प्रजातान्त्रिक पार्टीले अनुशासनका नाममा ५ वर्षसम्म पार्टीबाट निकाल्ने काम गरिएको भन्दै त्यसबेला पार्टीभित्रैबाट पनि आलोचना भएको थियो।
जोशीलाई कांग्रेसले २०७५ पुस २४ मा अनुशासनको कारबाही गरेको थियो।